काठमाडाैं । नेकपा एमालेकी सांसद् विनाकुमारी श्रेष्ठ काठमाडाैंकाे थुप्र फाेहाेर तत्काल व्यवस्थापन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले फाेहाेरकाे उचित व्यवस्थापन नभएका कारण काठमाडाैंमा हैजा फैलिएकाे उहाँले बताउनुभयाे ।फाेहाेर व्यवस्थापन तीनै तहका सरकारकाे दायित्व भएकाे उहाँकाे भनाइ छ ।
फाेहाेर थुप्रिदा वातावरण दुषित भइ जनताकाे जीवनमा असर परेकाे भन्दै सांसद् श्रेष्ठले यसमा गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । फाेहाेरकाे दीर्घकालीन व्यवस्थापनका लागि संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारले संयुक्त याेजना बनाइ व्यवस्थापनका लागि ठाेस कार्य गर्न सांसद् श्रेष्ठले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउनुभयाे ।
अनाैपचारिक क्षेत्रका श्रमिककाे क्षेत्र निर्धारण नगरी उनीहरुलाई विस्थापन गर्ने काम भएकाे भन्दै सांसद् श्रेष्ठले उनीहरुलाई वैकल्पिक व्यवस्था गरेर राेजीराेटीकाे व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयाे ।
