काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले स्वास्थ्य बिमालाई निजी कम्पनी मार्फत सरकारले चलाउन लागेको भन्दै आलोचना गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सरकारको सो निर्णयले धेरै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेका अस्पतालले सो सेवा अवरुद्ध गरेका प्रति उहाँले ध्यानाकर्षण गराउनुभयो । एमालेले यस विषयमा बारम्बार कुरा उठाउँदा पनि सरकारले ध्यान नदिएको भन्दै भट्टराईले आलोचना गर्नुभयो । भट्टराईले स्वास्थ्य बिमालाई पूर्ववत् रूपमा सञ्चालन गर्न उहाँले माग गर्नुभयो । उहाँले स्वास्थ्य बिमा व्यावसायिक बिमा नभएर सामाजिक सुरक्षा अन्तर्गतको बिमा भएको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । भट्टराईले ३३ लाख परिवार स्वास्थ्य बिमामा आबद्ध रहेका जानकारी दिँदै बिमाको दायर बढाउनु पर्ने सुझाव दिनुभयो । यसको दायरा बढाएर १० लाख रुपैँया पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
स्वास्थ्य बिमाको दायरा बढाइयोस् : योगेश भट्टराई
काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले स्वास्थ्य बिमालाई निजी कम्पनी मार्फत सरकारले चलाउन लागेको भन्दै आलोचना गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
