काठमाडाैं । नेकपा एमालेकी प्रमुख सचेतक शान्ता चाैधरीले महंगीले सीमा नाघ्दा पनि सरकार सरकार मूकदर्शक बनेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् चाैधरीले महंगीकाे नाममा नेपालमा भाेकमरी आउने र अमन चैन विथाेलिने खतरा बढेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'बजार भाउ असाध्यै बढेकाे छ, बजार भाउ बढ्दा यो सरकारले टुलुटुलु हेरेर बसेको छ, नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने अवस्था आउन सक्छ, धनीले त किनेर खान सक्लान, महंगीले गरिबकाे चुलाे नबाेल्ने अवस्था आउन सक्छ,महंगीकाे नाममा भोकमरी आउछन सक्छ, यसले समाजकाे अमन चैन विथाेल्ने खतरा हुन सक्छ ।'
सरकारकाे ध्यान महंगी नियन्त्रण गर्नुकाे सट्टा गठबन्धन खुस्किन्छ भन्नेतिर रहेकाे पनि सांसद् चाैधरीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकारको काम महंगीको साक्षी बस्ने होइन, त्यसलाई नियन्त्रण गर्ने हाे,नेपाली कांग्रेस लगायत खुल्ला बजार अर्थनीति यसकाे प्रमुख कारण हाे,किसानले आफ्नाे लगानी उठाउन नसक्ने बजारमा पुग्दा महंगाे हुनु याे सरकार दलाल पूँजीवादको साक्षी बस्नु हाे,याे सरकार सुशासन कायम गर्ने र महंगी नियन्त्रण गर्ने भन्दा पनि गठबन्धन खुस्किन्छ कि भनेर बसेको छ ।'
