काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले गठबन्धन सरकारका कारण जनता आजित भएका बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले राज्यका निकाय जनतालाई राहत र सहुलियत दिन बन्नु पर्नेमा त्यो हुन नसकेको बताउनुभयो । संघीयताको टायर माथि टायर थपेर जनताले के पाउँछन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो । काभ्रेमा बँदेल र बाँदरले किसानको बालीनाली नष्ट गरेको बताउँदै उहाँले त्यसमा सरकारको कुनै निकायको ध्यान नगएको बास्कोटाले बताउनुभयो । स्थानीय तहमा गयो प्रदेशमा देखाउने, प्रदेशमा गयो केन्द्रमा देखाउने र प्रहरीमा गयो नेतालाई सलामी हान्दै ठिक्क हुने अवस्था रहेको उहाँले बताउनुभयो । ‘जनताका चासोमा सरकारले ध्यान दिएन’, बास्कोटाले भन्नुभयो । संघीयताको विरोध गर्यो भने कान झिकिदिन्छ, आँखा फुटाइदिन्छु भन्ने जस्ता कुरा आएको सुनेको उहाँले बताउनुभयो । आन्दोलनमा पनि नउठेको, ल्याउनेलाई पनि थाहा नभएको र जनताले पनि उपभोग गर्न नपाएको संघीयताको कुनै अर्थ नहुने उहाँले बताउनुभयो । राज्यका निकाय जनतालाई सेवा दिन बन्नु पर्नेमा त्यो हुन नसकेको बास्कोटाले बताउनुभयो । ‘जनताले संघीयता फेला पारेका छैनन्’, बास्कोटाले भन्नुभयो । उहाँले अरनिको मार्ग हुँदै काठमाडौंबाट पूर्व चल्ने यातायातको उचित पार्किङको व्यवस्था नहुँदा सो क्षेत्रमा जाने यात्रीले ठुलो दुःख पाएको उहाँले बताउनुभयो । यसको व्यवस्थापनमा राज्यका कुनै निकायको ध्यान नगएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
जनताले संघीयता फेला पारेको छैन : गोकुल बास्कोटा
काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले गठबन्धन सरकारका कारण जनता आजित भएका बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै...
SUNRISE KHABAR
1 min read
