काठमाडाैं । प्रदेश-१ प्रदेश सभाको बैठक स्थगित भएकाे छ ।
आइतबार बसेकाे प्रदेश सभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएकाे घाेषणा गर्नुभएकाे हाे ।
त्यसअघि आजकाे बैठकले 'प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८' संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित गरेकाे थियाे ।
लेखा परीक्षण ऐन, २०७५ को दफा १९ (५) बमोजिम आर्थिक वर्ष २०७७-७८ को महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९ पनि प्रदेश सभामा पेस भएकाे छ ।
