काठमाडाैं । राष्ट्रिय सभाको बैठक बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने सम्भावित कार्यसूची छ ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।
