काठमाडौं । राष्ट्रिय सभा सदस्य खीमलाल देवकोटाले चुनावको मिति घोषणा भइसकेकोले संघ र प्रदेश सरकार कामचलाउ भइसकेका बताउनुभएको छ । सोमाबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै देवकोटाले काम चलाऊ सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि काम गर्न नमिल्ने बताउनुभयो । बैठकमा बोल्दै सभामुख र उपसभामुख बाहे प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल पनि निर्वाचनको तिथि घोषणा भएसँगै सकिएको उहाँले दाबी गर्नुभयो । ‘कार्यकाल सकिएका सांसदको नाममा बैठक राख्न पाइँदैन, पसल खोल्न मिल्दैन, राज्यको दोहन गर्ने काम बन्द होस्’ देवकोटाले भन्नुभयो । उहाँले प्रमुख राजनीतिक दललाई लगातार दुई पटक चुनावमा निर्वाचित भएकालाई टिकट नदिन आग्रह गर्नुभयो । लगातार दुई पटक चुनाव जित्नेले विश्राम लिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यकाल सकिएका सांसदको नाममा बैठक राख्न पाइँदैन : खीमलाल देवकोटा
काठमाडौं । राष्ट्रिय सभा सदस्य खीमलाल देवकोटाले चुनावको मिति घोषणा भइसकेकोले संघ र प्रदेश सरकार कामचलाउ भइसकेका बताउनुभएको छ । सोमाबार राष्ट्रिय सभा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
