काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् दुर्गा गुरुङले खेलाडीलाई पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गर्नुभएको छ ।
सोमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समय लिएर बोल्दै सांसद् गुरुङले खेलकुद क्षेत्र नै मेराे सर्वश्व हाे भनेर सबै समय खेल क्षेत्रमा बिताउने खेलाडीलाई उमेर हद निर्धारण गरी शिक्षक, कर्मचारी र सुरक्षाकर्मीलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
जीवनकाे उर्जाशिल र भाैतिक तन्दुरुस्तीकाे महत्वपूर्ण सयम निरन्तर निश्चित खेलमा बिताउने खेलाडीलाई खेलकुदबाट बाहिरिँदा गाेल्ड हेन्डसेकमार्फत् निश्चित रकम दिनुपर्ने व्यवस्था गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे ।अन्तर्राष्ट्रिय स्तरका खेल जितेर आउने खेलाडीलाई राज्यले पुरस्कार दिएपनि त्याे प्रयाप्त नभएकाे गुरुङले बताउनुभयाे ।
खेलकुदसँग सबैभन्दा धेरै बढी युवाहरु जाेडिने बताउनुभयाे । यद्यपि बालबालिका युवा,वृद्ध वृद्ध पनि खेलकुदमा सहभागी हुने उहाँकाे भनाइ छ । सबै उमेर र समूहमा खेलकुद प्रतियाेगिता आयाेजना गर्न सांसद् गुरुङले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
खेलकुद विकासकाे गुरुयाेजना तयार पारेर लागू गर्ने कार्यक्रम बजेटमा राखिएकाे भन्दै उहाँले युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएकाे बजेट अपुग भएकाे बताउनुभयाे ।
सांसद् गुरुङले युवाहरु परिवर्तनकाे बाहक,भविष्यकाे आशा र भराेसा तथा राष्ट्रकाे मेरुदण्ड भएकाे उहाँले बताउनुभयाे । कुनै देशकाे अवस्था बुझ्न त्याे देशका युवाकाे अवस्था हेरे पुग्ने उहाँकाे भनाइ छ । प्रविधिकाे तीब्र विकासले देशका युवाहरुकाे एउटा हिस्सा बर्बाद भएकाे भन्दै सांसद् गुरुङले सबै युवालाई खेलकुदसँग जाेड्न सरकारसँग माग गर्नुभयाे ।
खेलकुदकाे माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने,पर्यटक भित्र्याउन सकिने र नेपालकाे नाम विश्वमै चिनाउन मद्दत गर्ने सांसद् गरुङकाे भनाइ छ ।
