काठमाडौं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडाे सञ्चालनमा ल्याउन माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् अधिकारीले केपी शर्मा ओली नेतृत्वकाे एमाले सरकारले निर्माण थालेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन माग गर्नुभयाे । 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको हाे, त्यसलाई छिट्टै सञ्चालनमा ल्याउन सरकारले आवश्यक पहल गराेस्' - अधिकारीले भन्नुभयाे ।
बाढी र पहिराेले कास्कीका विभिन्न ठाउँमा क्षति पुर्याएकाे भन्दै उहाँले बाढी पहिराे पीडितलाई राहत दिन तथा अवरुद्ध बाटाे खुल्ला गर्न सरकारसँग माग गर्नुभयाे । वेगनास,रुपा,खास्टे,निउरेनी,मैदी लगायत तालकाे संरक्षणमा ध्यान दिन पनि सांसद् अधिकारीले सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
