काठमाडौं । प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले निजी क्षेत्रलाई स्वास्थ्य बिमाको जिम्मा दिने सरकारले नीति लिएको कारण नागरिकको स्वास्थ्य सेवा प्रभावित भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले अहिले धेरै अस्पतालले यो सेवा रोकेका बताउनुभयो । ‘के हामीले यो कार्यक्रमलाई रद्द गर्न खोजेका हौँ ?’, उहाँले प्रश्न गर्नुभयो । अधिकारीले स्वास्थ्य क्षेत्रमा असाध्यै खतरनाक समस्या आउन लागेको बताउनुभयो । सामाजिक स्वास्थ्य बिमा कार्यक्रम समाजवाद उन्मुख कार्यक्रम भएकोले त्यसलाई कोल्याप्स नगर्न उहाँले आग्रह गर्नुभयो । ‘स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन’, अधिकारीले भन्नुभयो । अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि सरकारले नघटाएर नागरिकको शोषण गरेको बताउनुभयो । उहाँले नेपाल आयले निगमले आफैले बनाएको नियम विपरीत गएर मूल्य नघटाएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
