काठमाडाैं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले श्रृंखलाबद्ध किसिमले आत्महत्याकाे घटना बढ्दै गएकाे भन्दै यसमा गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पाैडेलले आत्महत्याकाे घटनाको श्रृंखलालाई रोक्न आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्नुभयाे ।
'अहिले श्रृंखलाबद्ध किसिमले आत्महत्याकाे घटना बढ्दै गएकाे छ,नेपाल प्रहरीकाे तथ्यांकअनुसार दैनिक २९ जनाले आत्महत्या गरेकाे अवस्था छ, याे एकदम गम्भीर समस्या बन्दै गइरहेकाे छ,यसप्रति सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,वास्तविक कारण पत्ता लगाइ याे श्रृंखला राेक्नकाे निम्ति त्यसतर्फ उचित कदम चालाेस् भन्ने चाहान्छु'-उहाँले भन्नुभयाे ।
