काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खाती संगठित अपराध र ठगीमा संलग्न व्यक्ति भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले महान्यायाधिवक्ता ठग र अपराधिक व्यक्ति भएको बताउनुभयो । खातीले भक्तपुरको इञ्जिनियरिङ कलेजमा अनियमितता गर्ने लगायतका अनेक मुद्दा लागेका लम्बोदर न्यौपानेलाई जोगाउन भेटेर करोडौँ रुपैँया चलखेल गरेको बस्नेतको आरोप छ । त्यस्तै ललितपुरकी एक १३ वर्षीय बालिका बलात्कारको मुद्दा दबाउने, दाजुलाई चुनाव जिताउन बुथ कब्जा गर्ने, बालुवाटार जग्गा प्रकरणमा म्याद गुजार्ने, बलात्कारका आरोपी सिद्ध बाबालाई जोगाउने, ज्यान मार्ने उद्योग गरेका कांग्रेस कार्यकर्तालाई जोगाउने, पप गायक योगेश अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा नक्कली पुर्जा बनाएर बिक्री गर्न सघाउने लगायतको काममा खातीको संलग्नता रहेको बस्नेतले बताउनुभयो । खाती संगठित ठगीको काममा लागेको पनि उहाँले दाबी गर्नुभयो । कुमारी बैंक ठगी गर्ने कर्मचारीसँग खातीको मिलेमतो रहेको उहाँले बताउनुभयो । ‘यस्ता ठग र आपराधिक व्यक्तिलाई कुनै हालतमा राख्नुहुँदैन र तत्काल प्रधानमन्त्रीले निलम्बन गर्नको लागि माग गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।
महान्यायाधिवक्ता खम्बबहादुर खाती संगठित अपराध र ठगीमा संलग्न : महेश बस्नेत
काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खाती संगठित अपराध र ठगीमा संलग्न व्यक्ति भएको बताउनुभएको छ । प्रतिनिधि सभाको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
