काठमाडौं । तथ्यांक विधेयक, २०७८ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक पारित गरेकाे हाे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट गए राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस' भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले निर्णयार्थ पेस गर्दै साे विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे । त्यसअघि सभामुखले तथ्यांक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नुभएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
राष्ट्रिय सभाबाट पारित भएर आएको साे विधेयक प्रतिनिधि सभाबाट पनि पारित भएको हो । केपी ओली सरकारले २०७६ फागुन २८ मा ल्याएको तथ्यांक विधेयक साउन ०७८ साउन २० गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।
