काठमाडौं । शपथसम्बन्धी विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त शपथसम्बन्धी विधेयक पारित गरेकाे हाे । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले साे विधेयक निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित गरेकाे घाेषणा गर्नुभयाे । त्यसअघि सभामुखले शपथ विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नुभएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
