काठमाडौं । ‘केही परिवारले गठवन्धनका मुख्य पार्टी कब्जा गरेको छ’ भगवती न्यौपाने भन्नुहुन्छ । नेकपा एमालेकी सांसद भगवती न्यौपानेले राष्ट्रिय सभा बैठकमा अहिलेको गठवन्धन राजनीतिक नभएर स्वार्थहरुको मितवन्धन भएको दावी गर्नुभएको छ ।
केही पारिवारिक गिरोहको कब्जामा गठवन्धन दलहरु र सरकार चलेको उहाँले बताउनुभयो । भगवतीले आफ्नो ठहर सुनाउनुभयो– ‘यो गठबन्धनले चुनाव जितेमा देश एक वर्ष भित्र श्रीलंका बन्नेछ ।
‘राजनितिक स्थिरताका लागि देशमा दुई दलीयता आवश्यक छ’– उहाँको भनाई छ ।
‘यदि देशमा राजतितिक स्थिरता चाहिन्छ भने दुई दलबीच र दुई विचारबीच प्रतिस्पर्धा हुनु पर्छ’– उहाँले भन्नुभयो– ‘कम्युनिष्ट र कांग्रेस दुईटा पार्टीले प्रतिस्पर्धा गर्नुपर्छ । आजको बैठकमा माननियहरुको कुरा सुन्दा देश त्यतै गए जस्तो लाग्यो एक माननियले बोल्ने क्रममा नै गठबन्धन दल भन्नुभयो । गठबन्धन दल छिटो भन्दा छिटो दर्ता होस् म शुभकामना दिन चाहान्छु ।’
‘देशको वेथितिको बारेमा हामी सरकारका मन्त्रीहरुलाई प्रश्न सोध्छौं तर जवाफ चाहिँ सत्तापक्षका माननीयहरुले दिनुहुन्छ’– भगवतीले भन्नुभयो– ‘इतिहासमा यस्तो विरलै हुन्छ । सांसद, प्रतिपक्ष, नागरिक समाज, पत्रकारहरुले प्रश्न गर्दा पन्छिन खोज्ने यस्तो सरकार इतिहासमा विरलै हुन्छ ।’
केपी ओलीको सरकारमा बचत रहेको शोधनान्तर अहिले तीन खर्व बढि घाटामा रहेको बताउँदै उहाँले भन्नुभयो– ‘भ्रष्टचार नै भ्रष्टाचार छ ।’
‘सरकारले विदेशबाट आयात गर्ने सेनेटरी प्याडमा ९० प्रतिशत कर छुट गरेको व्यापारी ब्लु प्रिन्ट तयार पार्ने जय विर सिंह देउवा को हुन् खोजी गर्नुस्’– भगवतीले भन्नुभयो– ‘यो एउटा उदाहरण मात्र हो । आज जताततै भ्रष्टचार मात्र छ ।’
‘गठबन्धन एउटा पार्टी हो । अब देशमा दुई दलीय प्रतिस्पर्धा हुने भयो ।’ उहाँले भन्नुभयो– ‘तर कम्युनिष्ट आन्दोलनका नेताहरु कांग्रेसले नेतृत्व गरेको गठबन्धन पार्टीमा समाहित हुँदा मलाई दुःख लागेको छ ।’
‘नेतृत्वले गलत गरेर देशलाई कता लगिरहेको छ ? यस्तो अवस्थामा चुपचाप बस्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु कि चरमदास हो कि चरम अवसरवादी हो’ भगवतीले भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘यदि गठबन्धनले चुनाव जिते यो देश एक वर्षमा श्रीलंका हुन्छ कि जनताले ०६२–०६३ को भन्दा ठूलो आन्दोलन गर्नु पर्ने हुन्छ ।’
