काठमाडाैं । बीमासम्बन्धी विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकबाट साे विधेयक पारित भएकाे हाे । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित साे विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले साे विधेयक निर्णयार्थ पेस गर्नुभएकाे थियाे । उहाँले विधेयक पारित भएकाे घाेषणा गर्नुभयाे । साे विधेयक ०७५ असार २७ गते दर्ता भएकाे थियाे ।
त्यसअघि अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसंगतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताउनुभयाे । नयाँ बीमा विधेयक लागू भएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।
