काठमाडाैं । शहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ पारित भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकबाट साे विधेयक पारित भएकाे हाे । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरिया्स् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुखले निर्णयार्थ पेस गर्दै विधेयक पारित भएकाे घाेषणा गर्नुभयाे ।
