काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले नामकै कारण अपमानित भएका दलित समुदायले नाम सच्याउन निवेदन दिन जाँदा थप अपमानित हुनु परेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नाम सच्याउन गएका दलितलाई थप अपमानित गरेको उहाँले बताउनुभयो । ठगे कामीको सट्टा आफ्नो वास्तविक नाम कर्णबहादुर कामीको नाममा नागरिकता पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा जानुभएका पीडितलाई प्रमुख जिल्ला अधिकारीले अपमान गरेर कागज च्यातिदिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै निवेदन दिएको एक हप्ता बित्दा समेत कुकुर कामीको नाम पनि नसच्चिएको उहाँले बताउनुभयो । यो लोकतन्त्र माथि भद्दा मजाक भएको उहाँले बताउनुभयो । ‘ यो लोकतन्त्र माथि ठुलो प्रहार गरेको भएन र ? लोकतन्त्रका कर्मचारी शासक कि सेवक हुन्छ’, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारीले कानुन भन्दा आफूलाई माथि राखी जातीय दम्भ देखाएको उहाँले बताउनुभयो । ‘गृह मन्त्रालयको निर्देशन मान्दैन भने प्रमुख जिल्ला अधिकारी कुन कानुन अन्तर्गतका शासक हुन् ?’ उहाँले प्रश्न गर्नुभयो । प्रमुख जिल्ला अधिकारीले कानुनी शासनलाई नै चुनौती दिएकोले उहाँ माथि कारबाही हुनु पर्ने उहाँले बताउनुभयो । यसको लागि सभामुखले सरकारलाई रुलिङ गर्नु पर्ने उहाँले माग गर्नुभयो ।
नामकै कारण अपमानित दलित नाम सच्याउन जाँदा थप अपमानित : लक्ष्मी परियार
काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले नामकै कारण अपमानित भएका दलित समुदायले नाम सच्याउन निवेदन दिन जाँदा थप अपमानित हुनु परेको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
