काठमाडाैं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधयेक बहुमतले पारित गरेकाे हाे । अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे । पारित अघि साे विधेयकमाथि दफावार छलफल भएकाे थियाे ।
