काठमाडाैं । नेकपा एमालेकी सांसद् डा. शिवमाया तुम्बाहाङ्फेले सार्वजनिक लेखा समितिकाे सभापति प्रमुख प्रतिपक्षीलाई दिन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् तुम्बाहाङ्फेले लेखा समितिकाे सभापति प्रमुख प्रतिपक्षीलाई दिने अभ्यास भएपनि त्यसाे हुन नसकेकाे बताउनुभयाे । लेखा समितिको सभापति प्रमुख प्रतिक्षीलाई दिने विषयमा सभामुख अग्निप्रसाद सापकाेटाकाे भूमिकामाथि पनि प्रश्न उठेकाे बताउनुभयाे ।
लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने सम्बन्धमा उत्पन्न समस्या समाधान गर्न सभामुखले भूमिका खेल्नुपर्ने सांसद् तुम्बाहाङ्फेले माग गर्नुभयाे । 'संसदीय अभ्यासलाई चुनाैती दिइरहेकाे छ सार्वजनिक लेखा समितिकाे सभापतिकाे विषयले, याे समिति महत्वपूर्ण समिति हाे,हाम्राे संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दललाई यस समितिकाे सभापति दिइन्छ भन्ने विषय सभामुखले बिर्सनुभयो कि ? समस्या आइसकेपछि यसकाे समाधान गर्नुपर्छ भन्ने तपाईंको भूमिका खै ? हामीले तपाईंको जुन भूमिका चाहेका थियौं, त्याे देखिएन, त्यो समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिइनुपर्छ ।'
यसअघि पनि एमालेले साे विषयमा सरकारकाे ध्यानाकर्षण गराएकाे थियाे ।
