काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकले साे विधेयक पारित गरेको हो । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे।
त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले निर्णयार्थ पेस गर्दै विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि साे विधेयकमाथि बैठकमा दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे मन्त्री यादवले जवाफ दिनुभएकाे थियाे । प्रतिनिधि सभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक पनि पारित गरेकाे छ ।
