काठमाडाैं । नेकपा एमालेकी सांसद् विमला विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रशंसा गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् विश्वकर्माले नागरिकता विधेयक फिर्ता गरेकाे भन्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिनुभयाे । उहाँले राष्ट्रपति भण्डारी राष्ट्रकी छाेरी भएकाे समेत बताउनुभयाे ।
'प्रतिपक्षीकाे असहमति र जनताकाे चर्काे विराेधबीच पनि गठबन्धनकाे बहुमतको दम्भमा जबरजस्ती ढंगले पारित गराएर राष्ट्रपतिकहाँ पठाइएकाे नागरिकता विधेयक संघीय संसद्मै पुर्नविचारका लागि फिर्ता पठाइदिनुभएकाेमा देश र जनतालाई माया गर्ने यो राष्ट्रकी छोरी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति उच्च सम्मान साथ धन्यवाद व्यक्त गर्न चाहान्छु'- विश्वकर्माकाे भनाइ छ ।
नागरिकता विधेयकमाथि अब पुनर्विचार गर्नुपर्ने माग पनि उहाँले माग गर्नुभयाे । काठमाडाैं उपत्यकाकाे फाेहाेर व्यवस्थापनका लागि समेत उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
