काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् खगराज अधिकारीले संसदीय मूल्यमान्यता विपरित नागरिकता विधेयक पारित गरिएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् अधिकारीले बहुमतकाे बलमा जे पनि गर्न पाइन्छ भन्ने परिपार्टीकाे सुरुआत सत्ता पक्षले गरेकाे बताउनुभयाे ।
सत्तारुढ दलले भाेलि आफूहरुलाई नै पश्चाताप हुने काम गरेको बताउँदै उहाँले भन्नुभयाे - 'यस्ता विषयमा व्यापक छलफल नगरी बहुमतकाे बलमा गरिएकाे निर्णयले भाेलि उहाँहरुलाई नै पश्चताप हुनेछ,संसदीय मूल्यमान्यता नमान्नेहरुका लागि त याे केही नहाेला,तर संसदीय मूल्य मान्यता मान्नेहरुका लागि यो गम्भीर बिषय हाे ।'
