काठमाडाैं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नविचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको जस्तै पारित हुनु गलत भएकाे बताउनुभएकाे छ ।
बिहीबार प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् पाैडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्नविचारका लागि पठाएकाे विधेयक पारित हुनु उचित नभएकाे बताउनुभयाे ।
यसअघि प्रतिनिधि सभामा बाेल्दै सांसद् पाैडेलले राष्ट्रपतिकाे प्रशंसा पनि गर्नुभएकाे थियाे ।
