काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७९ पेश गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' प्रस्तुत गर्न अनुमति माग्ने र कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
