काठमाडौं । आज बस्ने भनिएकाे प्रतिनिधि सभा बैठक भाेलिका लागि सारिएकाे छ ।
आज बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक भाेलि दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । विशेष कारणवस बैठककाे समय परिवर्तन गरिएकाे सूचनामा उल्लेख छ ।
कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएपछि स्थगित गरिएकाे हाे । गिरीकाे निधनमा शाेक प्रस्ताव पारित गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठक बाेलाएकाे छ ।
गिरीकाे शनिबार राति निधन भएकाे हाे ।
