काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्न लागेकाे हाे । बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले नेपाली कांग्रेसका दिवंगत सांसद् प्रदीप गिरिको शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
सांसद् गिरीकाे शनिबार राति निधन भएकाे थियाे । आइतबार उहाँकाे अन्त्येष्टि गरिएकाे थियाे । आइतबार बिहान बस्ने भनिएकाे बैठक विशेष कारणबस भन्दै आजका लागि सारिएकाे हाे ।
यद्यपि गिरीको अन्त्येष्टिमा सांसद्हरु व्यस्त हुनपर्ने भएपछि नेपाली कांग्रेसको आग्रहमा आइतबारको बैठक स्थगित गरिएको थियो ।
आजै बस्ने राष्ट्रिय सभाको बैठकमा पनि प्रतिनिधि सभा सदस्य गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
