काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दैछ ।
समितिकाे दाेस्राे बैठक आज दिउँसाे २ बजे बस्न लागेकाे हाे । आजकाे बैठकले जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका बनाउने, समितिकाे सभापति छान्ने लगायत विषयमा निर्णय गर्ने बताइएकाे छ ।
जबरामाथि छानबि गर्न प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो । साउन २२ गते बसेकाे प्रतिनिधि सभा बैठकले महाअभियोगमाथि अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिलाई दिएकाे थियाे ।
०७८ फागुन १ मा सत्ता गठबन्धनका ९८ जना सांसद्ले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । फागुन २९ गते बसेकाे प्रतिनिधि सभा बैठकमा साे प्रस्ताव पेस भएको थियो । साउन २२ गते प्रतिनिधि सभाले साे प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको पहिलाे बैठक भदाै १ मा बसेकाे थियाे ।
