काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक मानवता विरुद्धका अपराधीलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको बताउनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि मंगलबारको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै सुवालले मानव अधिकार उल्लङ्घन गर्नेलाई उन्मुक्ति दिन नसकिने बताउनुभयो । ‘मानव अधिकारको उल्लङ्घन मेलमिलापबाट हुने भए त्यो मानव अधिकार उल्लङ्घन नै भएन नि’, उहाँले भन्नुभयो । सुवालले सत्ता गठबन्धनका दलालाई गठबन्धन गरेर चुनावमा जान सहज बनाउनको लागि विधेयक ल्याउन लागेको बताउनुभयो । ‘सिंहदरबार भागबण्डा हुने, पीडितले न्याय नपाउने ? सुवालले प्रश्न गर्नुभयो । सुवालले ऐनमा सशस्त्र द्वन्द्व किन भएको थियो भन्ने विषयमा कुनै कुरा उल्लेख नभएको भन्दै आलोचना गर्नुभयो । उहाँले द्वन्द्व कसको कारणले भयो र त्यसमा संलग्न नेताहरू को को थिए भन्ने नाम समेत ऐनको अनुसूचीमा राख्नु पर्ने उहाँले माग गर्नुभयो ।
प्रेम सुवालको प्रश्न : सिंहदरबार भागबण्डा हुने, पीडितले न्याय नपाउने ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक मानवता विरुद्धका अपराधीलाई उन्मुक्ति...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
