काठमाडौं । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको हो । शान्ति प्रक्रियाको बाँकी काम समयमा नै टुङ्गो लगाउन विधेयक ल्याइएको उहाँले बताउनुभयो । विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा सदस्य प्रेम सुवालले विरोध गर्नुभएको थियो । उहाँले पीडितलाई न्याय नदिने र पीडकलाई उन्मुक्त दिने गरी विधेयक ल्याएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्दा भने बहुमतले अस्वीकृत भयो । कानुन मन्त्रीले विधेयक प्रस्तुत गरेसँगै मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अर्को बैठक भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधिसभाको मंगलबार...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
