काठमाडौं । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।
आज राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएकाे हाे । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुखको कार्यालयले जनाएकाे छ ।
