काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गर्नुभएको हो । प्रमुख प्रतिपक्ष दलका नेता प्रदीप ज्ञवालीले तालाबन्दी र हडतालको कारण त्रिवि अस्तव्यस्त भएको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको थियो । ज्ञवालीले उठाएको विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको सभामुख सापकोटाले बताउनुभयो । ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीले लगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ, यसमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ, तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु’, सभामुख सापकोटाले रुलिङ जारी गर्दै भन्नुभयो । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिविमा एक वर्ष यतादेखि तालाबन्दी गर्दै आएको छ । नेविसंघले त्रिविका भौतिक संरचनामा क्षति पुर्याउने, प्राध्यापक र पदाधिकारी माथि आक्रमण गर्ने, कागजपत्र कब्जामा लिई नष्ट गर्ने जस्ता हर्कत गर्दै आएको छ । जसले गर्दा त्रिविको पठनपाठन र संरचना नै अस्तव्यस्त भएको छ ।
सभामुखको रुलिङ : त्रिविको समस्या समाधान गर्नु
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
