काठमाडाैं । महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएकाे छ ।
बुधबारदेखि बयान लिन थालेको समितिले जबरालाई आज पनि बोलाएको हो । बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजे बस्नेछ ।
बुधबारको बैठकमा जबरालाई चार प्रश्न सोधिएको थियो । त्यसकाे जवाफ दिने क्रममा जबराले आफूले संविधान र कानुन विपरित कुनै पनि काम नगरेकाे प्रष्ट पार्नुभएकाे थियाे । उहाँले महाअभियाेग स्वत: निष्क्रिय भइसकेकाे पनि बताउनुभएकाे थियाे ।
बुधबारकाे बैठकमा जबरालाई सत्ता पक्षका सांसद्हरु रेखा शर्मा, मिनबहादुर विश्वकर्मालगायतले प्रश्न गर्नुभएकाे थियाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेका कृष्णभक्त पोखरेल, विष्णु पौडेल ,शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डितले प्रश्न गर्नुभएकाे थियाे ।
