काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २:५९ बजे बस्ने बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक र एकीकृत प्रतिवेदन' पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६' माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने सम्भावति कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्' भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।
बैठकमा भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले 'सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट प्राप्त संशोधनउपर विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले 'योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
