काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले साे विधेयकसम्बन्धी समितिकाे प्रतिवेदन पेस गर्नुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्नविचारका लागि पठाउनुभएकाे साे विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे । समितिले भदाै १३ र १५ गते २ दिन छलफल गरेर साे विधेयक जस्ताकाे तस्तै पारित गर्दै प्रतिवेदन तयार पारेकाे थियाे ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउनुभएकाे विधेयक प्रतिनिधि सभाले बिना संशोधन पारित गर्दै राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले छलफलका लागि समितिमा पठाएकाे थियाे । तर समितिकाे बुधबार बसेको बैठकले साे विधेयक जस्ताको तस्तै बहुमतबाट पास गरेको थियो ।
