काठमाडौं । नेपाली कांग्रेसका सांसद् जिपछिरिङ लामाले आगामी मंसिर ४ गते हुने चुनावमा श्रीमान् र श्रीमती उम्मेदवार हुन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भए दुवैकाे उम्मेदवारी त्यो खारेज गर्ने नियम बनाउन माग गर्नुभयाे ।
'श्रीमानले प्रत्यक्षमा टिकट पाए श्रीमतीले समानुपातिकमा र श्रीमानले समानुपातिकमा टिकट पाए श्रीमतीले प्रत्यक्षमा टिकट पाउने परिपाटी हटाउनुपर्छ, श्रीमान र श्रीमती दुवैले टिकट पाउँदा अरु कार्यकर्ताले टिकट नपाउने र सधैं समस्या परिरहेका छन्,निर्वाचन आयोगले नियमावली संशोधन गरेर श्रीमान र श्रीमती दुबैजनाले उम्मेदवार पाउने व्यवस्था खारेज गर्नुपर्छ'- उहाँले भन्नुभयाे ।
