काठमाडौं । नेपाली कांग्रेसकी सांसद् रंगमती शाहीले मंसिर ४ गते हुने चुनावमा उठ्ने उम्मेदवारहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् शाहीले चुनाव उठ्ने उम्मेदवारले गाेप्य नभएर सार्वजनिक रुपमा नै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गर्नुभयाे । व्यक्तिकाे घर-घरमा पैसा छ भन्ने चर्चा चलेकाे भन्दै उहाँले धेरै भएकाे पैसा राज्यकाे काेषमा जम्मा गर्नुपर्ने बताउनुभयाे ।
भ्रष्टाचार बढेका र राज्यको ढुकुटी रित्तो हुँदै गएकाे भन्दै सांसद् शाहीले त्यसको छानबिन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'राज्यको ढुकुटट्ठ रित्तो छ, व्यक्तिको घरघरमा पैसा छ भन्ने सुनिन्छ, यो सम्पत्ति शुद्धीकरण गरेर धेरै भएको सम्पति राज्यको कोषमा जम्मा गरौं. स्वास्थ्य, शिक्षा,वृद्धको जिम्मा राज्यले लिनुपर्छ, यसाे गर्दा भ्रष्टाचार पनि न्यूनिकरण हुन्छ र अब हुने निर्वाचनमा उम्मेदवारको सम्पत्ति विवरण गोप्य रुपमा होइन, खुल्ला रुपमा सार्वजिक हुनुपर्दछ'- शाहीकाे माग छ ।
