काठमाडौं । प्रतिनिधि सभा सदस्य जिपछिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामाले आफूले लिपुलेकको बारेमा बारम्बार बोल्ने गरेको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलेले भनेको जस्तो लिपुलेकको बारेमा बोल्न नडराएको लामाले बताउनुभयो । केपी ओली प्रधानमन्त्री हुँदा पनि आफूले लिपुलेक कहिले फिर्ता आउँछ भने प्रश्न गरेको लामाले स्मरण गराउनुभयो । ‘अहिलेको सरकारलाई पनि सोध्न चाहन्छु, लिपुलेक हाम्रो जमिन हो, त्यो छिमेकीसँग कुरा गरेर कहिले फिर्ता ल्याउने हो ?’ उहाँले भन्नुभयो । बैठकमा बोल्दै लामाले श्रीमान् र श्रीमती दुवै जनालाई उम्मेदवार बनाउने कुरा पनि रोक्नु पर्ने बताउनुभयो । यसको लागि कानु नै ल्याउन उहाँले माग गर्नुभयो । ‘श्रीमान् प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिक, श्रीमती प्रत्यक्ष पाए श्रीमान् समानुपातिक हुने परिपाटि चाहिँ हटाउनु पर्छ, किन भने श्रीमान् श्रीमती दुवै सांसद हुँदा हरेक पार्टीमा अरू कार्यकर्ताले टिकट नपाउने र त्याग तपस्या गर्ने सधैँ समस्यामा परिरहने’, उहाँले भन्नुभयो । श्रीमान् श्रीमती दुवै उम्मेदवार बने भने उम्मेदवार नै खारेज गर्ने कानुन निर्वाचन आयोगले ल्याउनु पर्ने उहाँले बताउनुभयो । यस्तो कानुन बनाए कार्यान्वयनमा ल्याउनु पर्ने लामाले बताउनुभयो ।
सकारसँग जिपछिरिङ लामाको प्रश्न : लिपुलेक कहिले फिर्ता ल्याउने ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य जिपछिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामाले...
SUNRISE KHABAR
1 min read
