काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् रामवीर मानन्धरले शून्य समयमा उठाएका विषयकाे सम्बाेधन नभएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मानन्धरले शून्य समयमा उठाएका विषयकाे सम्बाेधन नभएकाले अबदेखि आफूले नबोल्ने घोषणा पनि गर्नुभयाे ।
उहाँले भन्नुभयाे - ‘मैले धेरैपटक यो जिरो आवरमा उठाएका कुराहरुको जवाफ समिति बनाउने भन्ने अभियान थियो त्यसकाे कुनै अचित्यतता रहेन, जिरो हावरमा उठेका कुराहरुको जवाफ या केही हुँदैन भने, जिरो आवरको एक मिनेट भएपनि हामी किन नजोगाउने ? सभामुखमार्फत म यो जानकारी गराउन चाहन्छु - जिराे आवरमा उठाएका कुराहरुको जबसम्म व्यवस्थित जवाफहरु आउँदैनन् तबसम्म बोलेर औचित्य नभएको जिरो आवरमा म अब अर्को पटकदेखि नबोल्ने जानकारी गराउन चाहन्छु ।'
