काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे २ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकाेक्कटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुख सापकाेटाले नै संघीय संसद्काे संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा पनि सदस्यहरुको नाम हेरफेर गर्नुहुने सम्भावित कार्यसूची छ ।
