काठमाडाैं । महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएकाे छ ।
बुधबारदेखि बयान लिन थालेको समितिले जबरालाई आज पनि बोलाएको हो । संघीय संसद् सचिवालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बयान सुररु हुनेछ।
यसअघि जबरालाई बुधबार ४ र बिहीबार २ गरी ६ वटा प्रश्न साेधिएकाे थियाे । त्यसकाे जवाफ दिने क्रममा जबराले आफूले संविधान र कानुन विपरित कुनै पनि काम नगरेकाे प्रष्ट पार्नुभएकाे थियाे । उहाँले महाअभियाेग स्वत: निष्क्रिय भइसकेकाे पनि बताउनुभएकाे थियाे ।
परमादेशकाे आदेश जारी गर्नुका पछाडिकाे स्वार्थकाे पाेल पनि जबराले खाेल्नुभएकाे थियाे ।
समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ । गत फागुन १ गते जबराविरुद्ध महाभियोग दर्ता भएको थियो ।
