काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद्बाट राजीनामाकाे घाेषणा गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै सांसद् लिङ्देनले राजीनामाकाे घाेषणा गर्नुभएकाे हाे । मंसिर ४ गते चुनाव मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले शपथ नलिएसम्म अहिलको संसद्को आयु बढाउन खोज्ने कुरालाई स्वीकार गर्न नसकिने उहाँले बताउनुभयाे ।
चुनावकाे मिति घाेषणा भएपछि संसद् भंग गरेर र चुनावी सरकार घाेषणा गरेर अघि बढ्नुपर्नेमा गठबन्धन सरकारकाे ध्यान त्यता जान नसकेकाे उहाँले बताउनुभयाे । आगामी संसद् दलकाे स्वार्थका लागि मात्र निर्णय गर्ने थलाे नहुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
