काठमाडाैं । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराउनुभयो ।
राष्ट्रिय सभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।
–रासस
