काठमाडाें । नेकपा माओवादी केन्द्रका सांसद् गजेन्द्र महत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरामाथि खनिनुभएकाे छ
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् महतले लिङ्देन सदनका लागि बाेझ भएका सांसद् र चाेलेन्द्र मानसिक स्वास्थ बिग्रिएका व्यक्ति भएकाे गम्भीर आराेप लगाउनुभयाे ।
लिङ्देनले सदनकाे वेवास्ता गर्ने गरेकाे र कहिलेकाँही आउँदा राजामहाराजा जसरी प्रस्तुत हुने गरेकाे उहाँले बताउनुभयाे । सदनका लागि बाेझ बनेका लिङ्देनकाे राजीनामाले सदनलाई हलुका महशुस भएकाे समेत सांसद् महतले बताउनुभयाे ।
'अस्तीमात्रै आफूलाई अब्बल राष्ट्रवादी र खुब इमान्दार ठान्ने सदनमा अक्कलझुक्कल आउने आउँदा पनि राजामहाराजा आएकाे झल्काे देखाउने सदनकाे भूमिकामा चासाे नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचाे अर्थमा भन्नुपर्दा सदनका लागि बाेझ जस्ता देखिने माननीय ज्यूले, राजीनामा दिएर याे सदनलाई हलुका महशुस गराइदिएकाेमा धन्यवाद्'- महतले भन्नुभयाे ।
फेरि सांसद् भएर आइहालेमा उहाँकाे भूमिका के हाे भनेर साेध्न मन रहेपनि अवसर नपाएकाे बुढाथाेकीले बताउनुभयाे । न्यायालयका लागि बाेझ भएका चाेलेन्द्रले महाअभियाेग सिफारिस समितिमा बयान दिँदा गालीलगाैज गरेकाे भन्दै उहाँले गम्भीर आराेप लगाउनुभयाे । चाेलेन्द्रले स्मरण शक्ति गुमाएजसरी बयान दिएकाे भन्दै उहाँले चाेलेन्द्रकाे मानसिक स्वास्थ्य जाँच गराउनुपर्ने आराेप लगाउनुभयाे ।
