काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद् गाेकुल बास्काेटा सरकारप्रति आक्राेशित हुनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्ने क्रममा सांसद् बास्काेटाले सरकारले अलाेकतान्त्रिक गतिविधि गरिरहेकाे बताउनुभयाे ।
गठबन्धनले बालुवाटारमा दैनिक बैठकका नाममा खाएको चिया नास्ताको पैसा कसले तिर्ने भन्दै उहाँले प्रश्न पनि उठाउनुभयाे । अरुबेला बालुवाटामा बैठक राख्नुहुँदैन भन्ने गठबन्धन दलहरुले अहिले दिनहुँ जनताकाे करमा चिया खाजा खाइरहेकाे सांसद् बास्काेटाले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अघिपछि त बालुवाटारमा बसेर चिया खान हुन्न भन्नुहुन्थ्यो, अहिले गठबन्धनको बैठक दिनदिनै गर्नुभएको छ, चियाको पैसा कसले तिर्छ सभामुख महोदय ? नास्ताको पैसा कसले तिर्छ? जनताकै करबाट तिरेको छ नि !'
