काठमाडाैं । कारागार विधेयक, २०७६ राष्ट्रिय सभा बैठकबाट पारित भएकाे छ ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे प्रस्ताव निर्णयार्थ पेस गर्दै पारित भएकाे घाेषणा गर्नुभयाे । त्यसअघि बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नकाे गृहमन्त्रीले जवाफ दिनुभएकाे थियाे ।
