काठमाडौं । प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तय भइसकेको अवस्था सरकारले दीर्घकालीन प्रभाव पार्ने खालका निर्णय गरेको भन्दै आलोचना गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले सरकारले प्रतिनिधि सभामा समेत बहुमतको आडमा धमाधम विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । प्रतिनिधि सभामा प्रमुख सचेतक समेत रहनुभएका भट्टराईले सरकारले चुनावको मुखमा जथाभाबी कर्मचारी सरुवा गरेको बताउनुभयो । चुनावलाई प्रभाव पार्ने गरी प्रहरी तथा कर्मचारी सरुवा लगायतका काम नगर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । ‘जथाभाबी कर्मचारी सरुवा नगरियोस्’ उहाँले भन्नुभयो । बैठकमा बोल्दै भट्टराईले आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने काम गरेको बताउनुभयो । गएको स्थानीय तह निर्वाचनमा २०४८ साल पछि सबैभन्दा धेरै प्रहरी दमन भएको बताउँदै उहाँले अब एमालेलाई सो कार्य स्वीकार्य नभएको चेतावनी दिनुभयो । हामी त्यसलाई कडा रूपमा प्रतिवाद गर्न चाहन्छौँ, जाने मान्छेलाई पनि हामी चेतावनी दिन्छौँ, एमालेले त्यो कुरा सहँदैन’, उहाँले भन्नुभयो । भट्टराईले एक जना हास्य कलाकारलाई आफ्नो अभिव्यक्ति दिँदा थुनामा राखिएको भन्दै सरकारको आलोचना गर्नुभयो । त्यस्तै सुरक्षा गार्डलाई समेत मन्त्रीलाई मान नगरेको भन्दै थुनामा राखिएकोमा उहाँले विरोध जनाउनुभयो ।
चुनावको मुखमा जथाभाबी कर्मचारी सरुवा नगरियोस् : विशाल भट्टराई
काठमाडौं । प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तय भइसकेको अवस्था सरकारले दीर्घकालीन प्रभाव पार्ने खालका...
SUNRISE KHABAR
1 min read
