काठमाडौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपालका ९५ प्रतिशत जनताले जलविद्युतको उपभोग गरिसकेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा सांसद् भीम रावलले राख्नु भएको ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलश्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषय माथि ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै मन्त्री भुसालले नेपाल लोडसेडिङ मुक्त भइसकेको बताउनुभयो । प्राविधिक समस्या आउँदा वा जलविद्युत आयोजनाको नियमित मर्मत गर्दाको अवस्था बाहेक नेपालमा लोडसेडिङ नहुने उहाँले जानकारी दिनुभयो । हाल कतै पनि घोषित रूपमा विद्युत् कटौती नगरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षको अन्तसम्म नेपालमा ९५ प्रतिशतमा विद्युतको पहुँच पुगी सकेको र आगामी दुई वर्ष भित्र पूर्ण विद्युतीकरणको लक्ष सरकारले लिएको उहाँले जानकारी दिनुभयो । भौगोलिक कठिनाइले कर्णाली प्रदेशमा करिब ५७ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ७९ प्रतिशत जनतामा विद्युत् पुगेको उहाँले बताउनुभयो । डोल्पा, मुगु र हुम्ला जिल्लामा केन्द्रीय ग्रिड जोडिन बाँकी रहेको उहाँले बताउनुभयो । नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका उल्लेख्य रहेको उहाँले बताउनुभयो । तर जलाशययुक्त योजनामा निजी क्षेत्रको आकर्षण नरहेको उहाँले बताउनुभयो । माथिल्लो कर्णाली आयोजना निर्माणको काम लगानी बोर्ड मार्फत भइरहेको उहाँले जवाफ दिनुभयो । सो आयोजनालाई छिटो अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । ‘निर्माण हुनसक्ने योजनालाई खारेज गरी नयाँ प्रक्रिया थालनि गर्दा निर्माण कार्य ढिलो हुने देखिन्छ’, भुसालले भन्नुभयो ।
दुई वर्ष भित्रमा सबै घरमा बिजुली : पम्फा भुसाल
काठमाडौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपालका ९५ प्रतिशत जनताले जलविद्युतको उपभोग गरिसकेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
