काठमाडौं । प्रतिनिधि सभाले 'नेपाल मिडिया काउन्सिल विधेयक २०७६' सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्राप्त साे विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले साे प्रस्ताव निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
