काठमाडाैं । राष्ट्रिय सभाका ४ वटा विषयगत समितिको सभापतिमा ४ जनाको एकल उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभाका ४ वटा विषयगत समिति सभापतिको चुनावका लागि बुधबार ४ जना सदस्यले मात्र मनाेनयन दर्ता गराउनुभएकाे हाे । हरेक समितिमा १-१ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का भएकाे छ । यद्यपि भाेलि मात्रै औपचारिक घाेषणा गरिनेछ ।
दिगो विकास तथा सुशासन समितिकाे सभापतिका लागि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माले मनाेनयन दर्ता गराउनुभएकाे छ । राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले मनोनयन दर्ता गराउनुभएकाे छ ।
चार वटै विषयगत समितिको सभापतिकाे चुनाव भोलि हुने कार्यतालिका छ । तर निर्विरोध उम्मेदवारी परेकाले निर्विराेध घाेषणा गरिने राष्ट्रिय सभाले जनाएकाे छ ।
